हेटौंडा । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा- १५ मा भारतीय नम्बर प्लेटको कार र मालवहाक ट्रक एक आसपास ठक्करखाई दुर्घटना हुदा ४ भारतीय नागरिक घाइते भएका छन्।
बुधबार दिउँसो हेटौंडा बजारबाट पथलैया तर्फ जादै गरेको टिएस ०९ एफएक्स ३१७७ नम्बरको भारतीय कार र विपरीत दिशाबाट आउदै गरेको ना ५ ख ८५ ६२ नम्बरको ट्रक ठक्करखदा कारका चालक सहित सवार ४ जना घाइते भएका छन्।
घाइते हुनेमा कारमा सवार भारतको आन्द्र प्रदेश तेनालीका अन्दाजी ७० बर्षीय साहि बाबु, कारमा सवार हैरदावाद घर भएका अन्दाजी ३८ बर्षीय राजेश एलीगल्ला, ७६ बर्षीय सुरेन्द्र नारल्ला र कार चालक ४८ बर्षीय कृष्ण नारल्ला रहेका छन्। कारका सवार साहिबाबुको अवस्था गम्भीर रहेको र अन्य घाइतेको अवस्था सामान्य रहेको मकवानपुर प्रहरीले जनाएको छ। घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। ट्रक तथा चालक पशुपतिनगर प्ररहरीको नियन्त्रणमा रहेका छन् ।





















