परराष्ट्रमन्त्री साउद र बेलायती राजदूतबीच भेटवार्ता

हेटौंडा टुडे
२०८० बैशाख ७, बिहीबार १५:३२ गते

हेटौंडा| परराष्ट्रमन्त्री नारायण प्रकाश(एनपी) साउद र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ।

बिहीबार परराष्ट्र मन्त्रालयमै पुगेर बेलायती राजदूत पदोलिटले नवनियुक्त परराष्ट्रमन्त्री साउदलाई बधाई तथा शुभकामना दिएकी हुन्।

सो अवसरमा उनीहरुबीच दुई देशको आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन र आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको मन्त्री साउदको सचिवालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*