उपनिर्वाचनका लागि मौन अवधि शुरू

हेटौंडा टुडे
२०८० बैशाख ८, शुक्रबार ११:३३ गते

हेटौंडा| वैशाख १० गते आइतबार हुने उपनिर्वाचनका लागि मौन अवधि शुरू भएको छ । बिहीबार राति १२ बजेदेखि मौन अवधि शुरू भएको हो ।

मौन अवधि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा लागू हुनेछ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेध गरिएको हो ।

यो अवधिमा प्रचारप्रसार गर्न, घरदैलो गर्न, मतदातालाई प्रलोभनमा पार्न पाईने छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*