उपनिर्वाचन : उम्मेदवार जसले आफैंलाई भोट हाल्न पाउदैन्

हेटौंडा टुडे
२०८० बैशाख १०, आईतवार ११:३३ गते

हेटौंडा | तनहुँ क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यको उप–निर्वाचन अन्तर्गत हाल मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्न पाउने भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्न पाउनेछन् । अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेकोले उनीहरुले मतदान गर्न नपाउने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा। स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार, नेशनल मङ्गोल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादी पार्टीका गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले आफ्नै लागि मतदान गर्न नपाउने भएका हुन् ।

मतगणनाका लागि पनि गणनास्थलमा सिसीक्यामेरा जडान, तारबार गरिएको सहायक मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*