प्रतिनिधि सभा बैठक आज पनि बस्दै

हेटौंडा टुडे
२०८० बैशाख १३, बुधबार ११:३६ गते

हेटौंडा | प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो ।
आजको बैठकबाट संसदीय समितिको काम कारबाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ ।

बैठकमा, प्रतिनिधि सभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि सांसद ईश्वरीदेवी न्यौपानेले प्रस्ताव पेश गर्ने तथा सांसद रघुजी पन्तले समर्थन गर्ने कार्यसूची रहेको जनाइएको छ ।

आजको सम्भावित कार्यसूचीमा उल्लेख भए अनुसार संवैधानिक परिषद् सम्बन्धी विधेयक आजै पारित गरिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*