हेटौंडा \ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनबीच भेटवार्ता भएको छ ।
दुईबीच सिंहदरवारमा बुधबार शिष्टाचार भेट भएको हो । भेटमा दुई देशबीचको आपसीसम्बन्ध, संसदीय अभ्यास, सहयोग आदानप्रदान, कुटनैतिक सम्बन्ध, आगामी दिनमा गर्न सकिने आपसी सहयोग लगायतको बारेमा छलफल भएको थियो ।
सेयर गर्नुहोस्






















