मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

हेटौंडा टुडे
२०८० बैशाख १५, शुक्रबार १०:५५ गते

हेटौंडा|  चितवनको भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका २८ साझापुरका ५५ वर्षीय जलवा महतो रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहीबार राति साझापुरमा ना२२प ६८०० नम्बरको मोटरसाइकलले सडकमा हिडिरहेका महतोलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भरतपुर २७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*