देशभर आंशिकदेखि सामान्य बदली रहने

हेटौंडा टुडे
२०८० बैशाख १७, आईतवार ०९:३२ गते

हेटौंडा |  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

हाल देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भूभागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*