झुण्डिएको अवस्थामा एक पुरुष मृत अवस्थामा फेला

हेटौंडा टुडे
२०८० बैशाख १८, सोमबार १२:४६ गते

हेटौंडा| बैतडीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्वर ६ पैराड बस्ने ४० वर्षीय मदन राम पहरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पहरी घर भन्दा ३० मिटर टाढा भिमलको रुखमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला पारेका हुन् ।

शव जाँचका लागि मुचुल्का उठाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा लाश राखिएको बैतडी प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*