हेटौडा| संवैधानिक परिषद्को बैठक आज साँझ बस्दैछ । बैठक साँझ ६ बजे बस्न लागेको हो ।
बैठकमा प्रधानन्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल हुनेछ । यसअघि पनि संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्ति बारे छलफल भएको थियो । तर सहमति जुट्न सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुनुपर्ने भन्दै बार एशोसिएसनले आन्दोलन गर्दै आएको छ ।
सेयर गर्नुहोस्






















