हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्षमा सुवास विडारी चयन भएका छन् । युनियन मकवानपुरको सातौं अधिवेशनबाट विडारीको नेतृत्वको १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा कपिल खड्का, महिला उपाध्यक्षमा सन्नु रिजाल, सचिवमा बलराम पुडासैनी, सहसचिवमा प्रवेश धिताल र कोषाध्यक्षमा प्रदीप अधिकारी चयन भएका छन् ।
यसैगरी, कार्यसमिति सदस्यमा श्यामलाल दुलाल, कुमारमणि हुमागाई, रोशनदिप थापा, सन्देश थिङ, अनिषा थापा र सम्झना थापा चयन भएका छन् ।
सेयर गर्नुहोस्





















