जेठ ९ गते बागमती प्रदेशको बजेट अधिवेशन

हेटौंडा टुडे
२०८० जेष्ठ १, सोमबार १४:०२ गते

हेटौडा। बागमती प्रदेशको बर्षे बजेट अधिवेशन जेठ ९ गतेदेखि शुरू हुने भएको छ । आइतबार बसेको बागमती प्रदेश मन्त्रीपरिषदको बैठकले प्रदेशसभाको बर्षे अधिवेशन जेठ ९ गते १ बजे आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बर्षे अधिवेशनमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट आउनेछ ।
बागमती प्रदेश सरकारका केही मन्त्रालय मन्त्रीविहिन भएको अवस्था छ । मन्त्रीविहिन हुँदा बजेट निर्माणमा नकारात्मक प्रभाव परेको छ । उता संसदीय समिति समेत बन्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*