लागूऔषधसहित तीन जना पक्राउ

हेटौंडा टुडे
२०८० जेष्ठ २, मंगलवार ११:१७ गते

हेटौंडा| मकवानपुर प्रहरीले लागूऔषधसहित सोमबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध अफिम २ किलो ९०० ग्रामसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ बस्ने ५६ वर्षीय जयबहादुर मुक्तान, बाराको निजगढ नगरपालिका–१२ बस्ने २४ वर्षीय बिस्णुलाल थिङ, मकवानपुरको बकैया गाउँपालिका–६, बस्ने ३२ वर्षीय दिनेश थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको प्रदेश प्रहरी कार्यलय बागमती र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, सोमबार साँझ ८ बजेको समयमो साइकलमा हिडिरहेका जयबहादुर मुक्तानलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद भएको थियो । लागूऔषध बरामद भएसँगै मुक्तानसँगै रहेका विष्णुलाल र गणेशलाई पनि पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*