मनकामना सामुदायिक बनद्धारा प्रतिभा प्राथमिक विद्यालयलाई दराज सहयोग

हेटौंडा टुडे
२०८० जेष्ठ ५, शुक्रबार १७:५२ गते

हेटौंडा/  मनकामना सामुदायिक बन उपभोक्ता समुहले प्रतिभा प्राथमिक विद्यालयलाई एक थान स्टिल दराज सहयोग गरेको छ।

मकवानपुरगढी ४ नम्बर वडा अवस्थित प्राविलाई बन उपभोक्ता समूहले शुक्रवार दराज सहयोग गरेको हो । सामुदायिक बन उपभोक्ता समुह अध्यक्ष सर्कलाल लोले प्रावि अध्यक्ष धन बहादुर रुम्बा र प्रावि प्रधानाध्यापक साधुराम पुडासैनीलाई एक समारोहबीच दराज हस्तान्तरण गरेका थिए ।

विद्यालयको महत्वपूर्ण कागज सुरक्षीत नरहने देखिए पछि बन उपभोक्ता समिती मार्फत सहयोग उपलब्ध गराएको अध्यक्ष लोले बताए। अध्यक्ष लोका अनुसार केही समयअगाडि विद्यालयमा ढोका तोडेर चोरी भएको थियो ।

हस्तान्तरण कार्यक्रममा उपभोक्ता समिति सदस्य शान्ति गोले, कार्यालय सचीव होमबहादुर मोक्तान र अभिभावक तथा शिक्षा प्रेमी शुसान्त गोले र अभिभावक तथा स्थानीय लगायतको उपस्थिति थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*