उपत्यकामा भोटो जात्रा मनाईदै

हेटौंडा टुडे
२०८० जेष्ठ ११, बिहीबार ११:१८ गते

हेटौंडा| वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथबाट साँझ ५ बजे भोटो देखाउने कार्यक्रम रहेको गुठी संस्थान कार्यालय ललितपुरले जानकारी दिएको हो ।

भोटो देखाउने जात्रामा राष्ट्र प्रमुख पनि सहभागी हुने प्रचलन छ । राष्ट्रपति रामचन्द्र पौडेल पहिलोपटक राष्ट्र प्रमुखका रुपमा जात्रामा सहभागी हुने छन् । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ ।

भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । भोटो जात्राको अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*