हेटौंडा| नेपाल मोबाईल व्यवसायी महासंघ बागमती प्रदेशको अध्यक्षमा हेटौंडाका एसीस रिजाल चयन भएको छ । महासंघको शनिबार हेटौंडामा भएको प्रथम भेला रिजालको संयोजकत्वमा समिति चयन गरिएको हो ।
यस्तै, मोबाईल व्यवसायी महासंघ बागमतीको उपाध्यक्षमा काभ्रेका प्रेम प्रसाद दाहाल र ललितपुरका देवभक्त डंगोल चयन भएका छन् । समितिको महासचिवमा चितवनका सुरज पौडेल सचिवमा मकवानपुरका चन्द्रमणी पाठक, कोषाध्यक्षमा मकवानपुरकै मिलन स्याङ्तान, सह–कोषाध्यक्षमा भक्तपुरमा रामगोपाल ख्वालापला चयन भएका छन् ।
यसैगरी, समितिको सदस्यहरुमा कुमारमणी त्रिपाटी (मकवानपुर), विक्रम कंडेल(चितवन), रतन भट्ट(चितवन), जलित मिँया(धादिङ), प्रमोद श्रेष्ठ (रामेछाप), श्रीचन्द्र श्रेष्ठ(सिन्धुली), बलबहादुर श्रेष्ठ(सिन्धुली), रुद्रमणी धिताल(काठमाडौं), दिनेश लम्साल(ललितपुर), दीपक अधिकारी(काठमाडौं), दील बहादुर तामाङ(काठमाडौं), विशाल ढकाल(काभ्रे), जीवन बलामी(भक्तपुर), रविन लामा(भक्तपुर) र कुवेर प्रसाद डोटेल(ललितपुर) चयन भएका छन् ।
२७ जनाको कार्यसमितिमा पाँच जना सदस्य आगामी बैठकले थप गरि लैजाने नवनिर्वाचित अध्यक्ष एसीस रिजालले बताएका छन् ।






















