हेटौंडामा राष्ट्रिय भलिबल आजबाट सुरु

हेटौंडा टुडे
२०८० जेष्ठ १६, मंगलवार १२:३६ गते

हेटौंडा। हेटौंडामा आजबाट खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।

उक्त प्रतियोगिता स्व. केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हुन लागेको हो ।

हेटौंडा उपमहानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको छ ।

हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेल मकवानपुर जिल्ला भलिबल टिम र गण्डकी प्रदेशको भलिबल टिमबीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*