हेटौडा। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मंगलबार राति राप्ती नगरपालिका–४ मार्तल पुल नजिक मनहरीबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ख १८६३ नम्बरको मलबाहक ट्रकको ठक्करबाट स्थानीय ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाइते पाण्डेको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा ज्यान गएको जनाइएको छ । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ ।
सेयर गर्नुहोस्





















