राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने

हेटौंडा टुडे
२०८० जेष्ठ २१, आईतवार ११:१८ गते

हेटौंडा|  नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज  प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

सर्वोच्चमा  दर्ता भएकाे रिटमा अघिल्लो संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ ।

त्यस्तै, विधेयकमा रहेका प्रावधानहरू समेतमा पुनरावलोकन गर्नुपर्ने भन्दै अदालतबाट अन्तरिम आदेश समेत माग गरिएको छ  । वरिष्ठ अधिवक्ताद्वय डा सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले गत शुक्रबाट रिट दर्ता गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*