पहाडी भू–भागमा क्षणिक वर्षा

हेटौंडा टुडे
२०८० जेष्ठ २४, बुधबार १०:५९ गते

हेटौंडा| मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै, आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ

यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*