चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

हेटौंडा टुडे
२०८० जेष्ठ २९, सोमबार ११:०३ गते

हेटौंडा | चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हरियाली सामुदायिक वनमा गैंडाको आक्रमणबाट उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् । श्रीमान श्रीमती वन गएकोमा गैंडाको आक्रमणबाट श्रीमानको मृत्यु भएको छ । वन क्षेत्रमा प्रवेश गर्ने स्थानीय गैंडाको आक्रमणमा पर्दै आएका छन् । गैंडाको आक्रमणबाट कतिपय घाइते हुन्छन् भने कतिको ज्यानै जाने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*