हेटौंडा| कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सवार गाडी आइतबार बिहान दुर्घटना भएको छ ।
धनगढीबाट नेपालगन्ज जाने क्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबइमा दुर्घटना भएको हो ।
प्रजिअ कट्टेल सवार सरकारी गाडी मिनी ट्रकमा ठोक्किएको हो । दुर्घटनामा आफू सवार गाडीको अगाडिको भागमा क्षति भए पनि आफू सकुशल रहेको प्रजिअ कट्टेलले जानकारी दिए ।
प्रजिअ कट्टेल अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगन्जतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।
सेयर गर्नुहोस्






















