पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान

हेटौंडा टुडे
२०८० असार ६, बुधबार १२:०२ गते

हेटौंडा| पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण गर्दैछ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी छ ।

चार्टर्ड यो जहाजमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना समेत १३० जना यात्रु रहने छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट संचालनमा आएको थियो । आन्तरिक उडान यहाँबाट भए पनि अन्तर्राष्ट्रिय उडान भने पहिलोपटक हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*