शुक्रबार गण्डकी प्रदेश सार्वजनिक बिदा

हेटौंडा टुडे
२०८० असार २७, बुधबार ११:१५ गते

हेटौंडा| राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषदको २०७९ चैत ८ गतेको निर्णयअनुसार बिदा दिने निर्णय गरेकाले बिदा दिइएको मुख्यमन्त्री कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*