बकैयामा भोलिबाट सूर्ती र मदिरा निषेध

हेटौंडा टुडे
२०८० असार ३१, आईतवार १०:३४ गते

हेटौंडा । गाउँपालिकालाई लागुऔषध मुक्त गाउँपालिकाको रुपमा स्थापित गर्न लागुऔषधसहित सूर्ती र मदिरा सेवनमा पनि निषेध गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

‘लागुपदार्थ मुक्त गाउँपालिकाको रुपमा स्थापित गर्न गाउँ कार्यपालिकाको निर्णय अनुसार कानुनद्वारा निषेधित र नियन्त्रित लागुपदार्थहरु जस्तो गाँजा, चरेस, अफिम, भाङ, सुईद्वारा प्रयोग गरिने लागुपदार्थ, ट्यावलेटको माध्यमबाट प्रयोग गरिने लागुपदार्थ, पाउडरको माध्यमबाट प्रयोग गरिने लागुपदार्य, मदिराजन्य लागुपदार्थ ९जाँड, रक्‍सी, छ्याङ, तुम्बा, निगार लगायत० र सुर्तीजन्य लागुपदार्थहरु मिति २०८० श्रावण १ गतेबाट बकैया गाउँपालिकाको क्षेत्रभित्र ओसार(पसार, बिक्री वितरण, तथा प्रयोग गर्न पूर्ण रुपमा निषेध गरिएकोले आम बकैयाबासीहरुको लागि यो सूचना प्रकाशन गरिएको छ ।’ गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जारी गरेको सूचनामा भनिएको छ, ‘ यो सूचनाको वेवास्ता गरी माथि उल्लेख भए अनुसारको लागुपदार्थको प्रयोग भएको पाईएमा उल्लेखित सामाग्रीहरु जफत गरी कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत सम्पूर्णमा जानकारी गराईन्छ ।’

यसैगरी, बकैया गाउँपालिका भित्र सार्वजनिक पद धारण गरेका व्यक्तीहरू ९जनप्रतिनिधि र कर्मचारी तथा शिक्षक लगायत०ले सूचनाको वेवास्ता गरी लागुपदार्थको प्रयोग गरेको पाईएमा दोब्बर सजाय हुने समेत सूचनामा उल्लेख छ । मकवानपुरको बकैया गाउँपालिकाले आउँदो साउन १ गतेबाट सूर्ती र मदिरा सेवनमा रोक लगाउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*