करेन्ट लागेर ५ जनाको मृत्यु

हेटौंडा टुडे
२०८० असार ३१, आईतवार १४:२१ गते

हेटौंडा| भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीहरुको मृत्यु भएको छ । उक्त घटना उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति भएको हो ।

बोलबम यात्रीहरु सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएर करेन्ट लागेको थियो ।

करेन्ट लाग्दा १० जना गम्भीर घाइते भएका थिए । तीमध्ये ५ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मेरठ डिस्ट्रिक मजिष्ट्रेट दीपक मिणाले जानकारी दिएका छन् ।

अन्य ५ जना घाइतेहरुको गम्भीर अवस्थामा उपचार भइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*