हेटौंडा । अखिल नेपाल किसान महासंघ मकवानपुरले हेटौंडाको मुख्य चोक बुद्ध चोकमा दुई घण्टा चक्काजाम गरेको छ ।
पशुवस्तुमा लागेको लम्पी स्किन रोगको महामारीले विकराल भएको परिस्थितिमा पनि सरकार मौन रहेको भन्दै किसान महासंघले विरोध प्रदर्शन र चक्काजाम गरेको हो ।
किसानहरुले लम्पी स्किन रोगलाई महामारी रोग घोषणा गरी रोगका कारण मरेका पशुहरुको क्षतिपूर्तीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
महासंघको सातै प्रदेशमा भएको विरोध तथा धर्ना कार्यक्रम अन्तर्गत मकवानपुरको हेटौंडाको बुद्धचोकमा भएको थियो ।
सेयर गर्नुहोस्





















