हेटौंडाको सडक नभत्के सामूहिक आत्मदाह गर्छौ भन्दै मेयरलाई पत्र

हेटौंडा टुडे
२०८० श्रावण १५, सोमबार १३:१५ गते

हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले सडक भत्काउन काम अघि नबढाए आफुहरुले सामूहिक आत्मदाह गर्ने भन्दै हेटौंडाका चार जनाले हेटौडा  उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । बिगत लामो समय देखि हेटौडा बजार बिस्तार गर्ने कुरा चर्चामा रहँदै रोकिदैँ आएको यो पटक पनि अनेक बाहानामा पुर्व पश्चिम राजमार्गका हेटौंडा बजार क्षेत्रको सडक विस्तारको क्रमललाई रोक्न नहुने माग राख्दै सामुहिक ज्ञापन पत्र उपमहानर का नगर प्रमुख मीनाकुमारी लामालाई बुझाएका हुन् ।

सडक डिभिजन कार्यालय हेटौंडाले सडक विस्तार गर्नबाट पछि हट्न नहुने माग राख्दै साउन १ गतेबाट ७३ वर्षीय मानबहादुर तामाङ सहित उनका ३४ वर्षीय छोरा राजिव तामाङ सडक डिभिजन कार्यलय हेटौंडाको गेटमा  गत साउन १ गते देखि  अनसन बस्दै आएका छन् । उनीहरुले सडक विस्तारको पक्षमा रहन माग गर्दै नगर प्रमुख लामालाई ज्ञापन पत्र बुझाएका हुन् । विकासप्रेमी अभियान्ताको रुपमा पत्र बुझाउनका लागि धर्ना बसेका बाबु छोराको साथमा हेटौंडा–८ का रामकृष्ण अघिकारी र रामचन्द्र तामाङ पनि सहभागि थिए ।

एसियन हाईवेको रुपमा रहेका राजमार्ग विस्तार नहुँदा अन्य जिल्लाको तुलनामा हेटौंडा पछि परेको भन्दै सडक विस्तारले समग्र देशको विकासमा मद्दत गर्ने भन्दै यसलाई रोक्न नहुने बताएका छन् । उनले अनसनमा बस्नुको कुनै स्वार्थ नभएको भन्दै हेटौंडालाई सुन्दर बनाउने तर्फ हाम्रो ध्यान रहेको भन्दै नगर प्रमुखले यसमा साथ दिन आग्रह गरे ।

सडक डिभिजन कार्यालयमा मार्फत सडकका घर टहरा हटाउन जारी भएको सूचनाको समय १५ गते आज सकिने अवधि सम्म अनसन बस्ने र १६ गतेबाट काम सुरु नभए आमरण बस्ने ज्ञापन पत्रमा उल्लेख छ । अहिलेको अवस्थामा पनि हेटौंडाको संरचना भत्काउने कुराबाट सडक डिभिजन कार्यालय हटेमा कुनै पनि बेला सामूहिक आत्मादाह गर्नबाट पछि नहट्ने पत्रमा उल्लेख छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*