हेटौंडा । गैरआवासीय नेपाली संघ एनआरएनए घानाको अध्यक्षमा हेटौंडाका विकास सुवेदी चयन भएका छन् । आइतबार घानाको आक्रामा सम्पन्न वार्षिक साधारणसभाले सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।संघको उपाध्यक्षमा सुनिलकुमार चौधरी, महिला उपाध्यक्षमा धनु पाठक, महासचिवमा महादेव प्रसाद पाण्डे, सचिवमा झुगबहादुर थापा, कोषाध्यक्षमा सुमित शर्मा, सहकोषाध्यक्षमा रमेश बराल, महिला संयोजकमा कविता नेपाली र युवा संयोजकमा सुरज रोकामगर चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा सुष्मा चौधरी, उमानन्द खरेल, गंगादेवी ढकाल, सद्दाम हुसेन अन्सारी र वसन्त बिके निर्वाचित भएका छन् भने वरिष्ठ सल्लाहकारहरुमा दिनेशकुमार पाण्डेय, होमबहादुर बुढामगर, डा। शिवशंकर प्रसाद शाह र भानु पाठक चयन भएको अध्यक्ष सुवेदीले जानकारी दिए ।उनका अनुसार पश्चिम अफ्रिकाको घानामा करिब एक सय नेपालीहरु रहेका छन् । अध्यक्ष सुवेदीले यहाँ कर्मथलो बनाएर काम गर्दै आएका नेपालीहरुको समस्यामा हातेमालो गर्दै समाधानका काम गर्ने बताए ।





















