रोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा कटुवाल

हेटौंडा टुडे
२०८० श्रावण २१, आईतवार १२:४० गते

हेटौडा । रोट्र्याक्ट क्लब अफ मकवानपुरको ८ औं पदस्थापना कार्यक्रमबाट रोटा वर्ष २०२३र२४ का लागि अध्यक्षमा कटुवाल पदस्थापित भएका हुन् । कटुवालको नेतृत्वमा उपाध्यक्षमा सृजना लामिछाने, सचिवमा मन्जिता मैनाली , कोषाध्यक्षमा अलिशा न्यौपाने, मेम्बरशीप चेयरमा सुजन राई, क्लब एडमिनिस्ट्रेशनमा सुशील सुवेदी, प्रोफेशनल डेभलपमेन्ट चेयरमा मनोज राई, इन्टरनेशनल सर्भिस चेयरमा वेदप्रसाद गौतम, पब्लिक इमेज चेयरमा अमित कुमार सिंह, सर्भिस प्रोजेक्ट चेयरमा प्रबेश धिताल कुन्दन र सर्जेन्ट एट आर्म्समा रन्जिता विष्ट पदस्थापित भएका हुन् ।

क्लबको रोटा वर्ष २०२२र२३ का अध्यक्ष प्रदीप कुमार राइको सभाध्यक्षतामा भएको पदस्थापन कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका रोटा वर्ष २०२३र२४ का अध्यक्ष अन्जनी कुमार पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*