साहित्यकार तुल्सी थापाको निधन

हेटौंडा टुडे
२०८० भाद्र ८, शुक्रबार १३:२७ गते

हेटौँडा । मकवानपुरबाट राष्ट्रिय स्तरमा ख्याती कमाएका साहित्यकार तुल्सी थापाको निधन भएको छ । ७८ वर्षीय थापाको चितवनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । निमोनियाको उपचारको लागि भरतपुरमा रहेका थापाको शुक्रबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । । थापालाई निमोनिया, मधुमेह, रक्तचापसम्बन्धी समस्या रहँदै आएको थियो ।नेपाली कविताको क्षेत्रमा ‘दाना कविता’ को सुरुवात गरेका थापाले दाना कविता संग्रह अन्र्तगत २०५८ सालामा “एक निमेष अनन्तको ” प्रकाशन गरेका थिए । कवितासँगै नाटक तथा कथा विधामा समेत राम्रो दख्खल राख्ने थापाको “अमरसिंहको खोजिमा” नाटक संग्रह निकै चर्चित नाटक संग्रह हो । उक्त नाटक देशभरका नाटकघरमा मञ्चन भैसकेको छ । यस बाहेक उनले २०७२ सालमा “फरक आकाश” कथा संग्रह समेत प्रकाशित गरेका थिए ।

२०४४ सालमानै गोरखा दक्षिण बाहु चौथोबाट सम्मानित थपाले अन्य विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए । उनको पार्थिव शरिरलाई आजै हेटौँडा ल्याएर अन्तिम संकार गर्ने तयारी भएको पारिवारिक श्रोतको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*