हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर ११ सिमलटार क्षेत्रको राप्ती नदिमा एकजना पुरुषको शव फेला परेको छ । मृतक हेटौँडा ११ बस्ने ४५ वर्षका कुमार भारती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खोलामा डुबेको अवस्थामा शव फेला परेको र उनको श्रीमतिले शवको सनाखत गरेको प्रहरीको भनाई रहेको छ । शवको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
सेयर गर्नुहोस्





















