युवा रेडक्रस सर्कल पुनर्गठन भेला

हेटौंडा टुडे
२०८० भाद्र १९, मंगलवार १५:३३ गते

हेटौंडा। हेटौंडा १० मा युवा रेडक्रस सर्कल पुनर्गठन भेलाको आयोजना गरिएको छ। युवा रेडक्रस सर्कल हेटौंडाका अध्यक्ष सुजन खतिवडाको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

भेलामा रेडक्रस मकवानपुरका उपमन्त्री दाहालले बिश्व रेडक्रस र नेपाल रेडक्रस अभियान, जुनियरर युवा रेडक्रसको आबस्यकता र महत्व लगायतका बारेमा बिद्यार्थीहरुलाइ प्रशिक्षण दिनुभएको थियो । भेलाले कृतिका लौडारीको अध्यक्षमा कृषि तथा बन बिश्वबिद्धालय युवा रेडक्रस सर्कल गठन गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*