हेटौडा । हेटौडा-८ कमाने कालिकाटोलमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु हुने भएको छ। सप्ताह भाद्र २९ गते बाट कलश यात्रा संगै बिहान ७ बजे बाट सुरु हुने भएको हो। सप्ताह प्रत्येक दिन ११ बजे बाट ३ बजे सम्म र सांझ ६ बजे देखि ९ बजे सम्म हुने एकादसी राधाकृष्ण मन्दिर सम्रक्षण समितिले जनाएको छ । सप्ताहमा आरति,हवन,मण्डपपुजा तथा ग्रहशान्ति हुनेछ। श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ को मुख्य कर्म आर्थिक संकट मोचन ग्रहशान्ति रहेको छ । कार्यक्रमको मूख्य उद्देश्य मन्दिरको स्तरोन्नति तथा अक्षयकोष स्थापनार्थ रहेको छ । सप्ताह समापन असोज ५ गते हुने आयोजक ले जनाएको छ।
सेयर गर्नुहोस्





















