आजको मौसम: मनसुन अझै केही दिन लम्बिने

हेटौंडा टुडे
२०८० आश्विन १६, मंगलवार ०९:४६ गते

हेटौडा। नेपालमा यसवर्ष पनि मनसुन लम्बिएको छ । सामान्यतः २ अक्टोबरदेखि मनसुन बाहिरिने गरेको भएपनि अझै मनसुन सक्रिय देखिएको हो ।नेपालमा यो वर्ष मनसुन सुरु हुँदा मौसमविद्हरूले अक्टोबर २ मा मनसुन बाहिरिन सक्ने अनुमान गरेका थिए । तर अहिले जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले यसपालिको मनसुन केही दिनले लम्बिएको बताएका छन् । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विश्लेषणका आधारमा अक्टोबर २ मा मौसम बाहिरिने दिन अनुमान गरिएपनि यसपालि मनसुन केही दिन लम्बिएको बताए । मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने उनको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*