आज बाट हेटौँडा – काठमाडौँ जोड्ने महालक्ष्मीखोला–सतुङ्गल सडक खण्ड एक महिनाका लागि बन्द

हेटौंडा टुडे
२०८० मंसिर २१, बिहीबार ०८:२२ गते

हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द हुने भएको छ । मकवानपुर र काठमाडौँको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले आज बिहीबारबाट एक महिनाका लागि सवारी आवागमन बन्द गर्न लागिएको हो ।

इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङले सडक खण्डको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको निर्धारित समय सीमाभित्र सडक निर्माण कार्य पूरा गर्न सवारी आवागमन बन्द गरिएको बताउनु भयो हेटौँडा–काठमाडौँ आवत–जावत गर्ने सुमो लगायतका साना सवारीका साधनको चाप अधिक हुँदा काममा अवरोध पुग्ने भन्दै उहाँले सडक स्तरोन्नति कार्य निर्धारित समय सीमाभित्र सम्पन्न गर्न बिहीबारबाट आगामी पुस २१ गतेसम्मका लागि सवारी साधन आवतजावत बन्द गर्न लागिएको हो ।

उहाँले काठमाडौँतर्फ मोडहरूमा ढलान कार्य सुरु गरिने र मकवानपुरतर्फ पाटीचौर आसपासमा सडक चौडा गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । मकवानपुरको महालक्ष्मी खोलादेखि मकैबारी सडक खण्डमा टेवा पर्खाल निर्माण, सडक चौडा लगायतका कार्य हुनेभएको छ । प्रदेश सरकारमार्फत स्तरोन्नतिको काम भइरहेको दुवै सडकखण्ड निर्माण कम्पनीसँग १८ महिनामा सम्पन्न गर्नेगरी सम्झौता भएको भए पनि पछिल्लो समय म्याद थप भएको समयमा पनि निर्माणको काम पूरा भएको छैन ।

गोर्खापत्रबाट साभार  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*