भोलीबाट कान्तिलोकपथ वैशाख १५ गते सम्म बन्द रहने

हेटौंडा टुडे
२०८० फाल्गुन ३०, बुधबार १०:४५ गते
संकेतिक तस्बिर

हेटौडा । हेटौंडा-काठमाडौँ जोड्ने छोटो मार्गको वैकल्पिक सडक कान्ति राजमार्ग बन्द रहने भएको छ। निर्माण कार्यका लागि कान्ति राजमार्गको बगुवा-तिनपाने सडक खण्डको सागुरो ठाउँहरुमा सडक चौडा गर्ने काम सुरु भएपछि चैत्र १ गते देखि २०८१ वैशाख १५ गते सम्म बन्द रहने सडक विभागले सूचना जारी गरेको छ।जिल्ला प्रशासन कार्यालय ललितपुरको फागुन १६ गते निर्णय भए अनुसार सूचना जारी गरिएको हो। निर्माण कार्य सम्पन्न नभए सम्म बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म यातायात आवतजावत बन्द रहने हुँदा सम्पुर्ण सवारी साधनहरुले बैकल्पिक बाटो प्रयोग गर्न समेत सडक विभागले अनुरोध गरेको छ।

स्थानीय उत्पादन बोक्ने लोकल सवारी साधनहरुले पनि बिहान १० बजे अगाडि या बेलुकी ५ बजे पछि लैजाने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।काल्छे देखि तल काम हुने हुँदा काल्चे टिकाभैरव सडकखण्डमा यातायात चालू रहने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*