प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ

हेटौंडा टुडे
२०८१ चैत्र ३, आईतवार १३:२५ गते

हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाउने राप्रपाका युवा नेता पक्राउ परेका छन्। शनिबार मकवानपुरको हेटौँडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्बिर जलाएका थिए। तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै उनको तस्बिरमा आगो लगाएका थिए । कार्यक्रममा गणतन्त्र मुर्दावाद भन्दै नारा समेत लगाइएको थियो ।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता निराजन बम हुन्। उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरिएको गृहमन्त्रीको सचिवालयले जानकारी दियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*