बर्षाको कारण हेटौडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सडक अवरूद्ध

हेटौंडा टुडे
२०८२ बैशाख २१, आईतवार ०८:१० गते

हेटौंडा । बर्षाको कारण हेटौंडा काठमाडौ सडक खण्ड अन्तर्गत कान्तिलोक पथ अवरुद्ध भएको छ । आइतबार बिहान वर्षाका कारण बागमती खोलाको डाइभर्सन बगाएकाले  सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ स्थित दुई जिल्लाको सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट सवारी साधन आवत जावत गर्दै आएका थिए। आइतबार बिहान ६:१५ बजे ललितपुरतर्फको डाइभर्सन बगाएपछि सडक सवारी अवरूद्ध भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*