१६ वर्षीया बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

हेटौंडा टुडे
२०८२ जेष्ठ १, बिहीबार १४:५४ गते

हेटौंडा । बझाङमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छबीसपाथिभेरा गाउँपालिका- ४ झुतेडाका ३२ वर्षीय केशर खत्री छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । केशरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*