काठमाडौँ गौशालामा बस दुुर्घटना भएको छ । बस अनियन्त्रित भएर अन्य ८ वटा सवारी साधनसमेत दुुर्घटनामा परेका छन् । दुुर्घटनामा ३ जना घाइते भएका छन् । उनीहरुको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । गौशालाबाट तिलगंगा जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित हुँदा अन्य सवारी साधनलाई एक आपसमा ठोक्किएका हुन् ।
सेयर गर्नुहोस्






















