राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्ल्यान खण्ड अवरुद्ध भएको छ। सल्ल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।आज बिहान सडक माथिबाट खसेको पहिरोले बाटो बन्द भएको हो। एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ, प्रहरीले बताए।
सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन रोकिएका छन्। साना सवारीसाधनलाई वैकल्पिक बाटो कपुरकोट–लामिडाँडा तथा कपुरकोट–पाखापानी–सातबास प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
सेयर गर्नुहोस्






















