यात्रुको सकुशल उद्धारलगत्तै बस खोलाले बगायो

हेटौंडा टुडे
२०८२ असार ६, शुक्रबार ११:२९ गते

पूर्वी नवलपरासी जिल्लाको विनय–त्रिवेणी गाउँपालिका–१, दुम्किवासस्थित विनय खोलामा पानीको बहाव बढ्दा यात्रुवाहक बसमा फसेका यात्रुको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । उद्वार पश्चात करीव १० मिनेटमा नै उक्त बस खोलाले बगाएको छ । कठमाडौबाट दाङ्गको लागि छुटेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस असार ५ गते बिहीवार राति करिव १२ बजे उक्त खोलामा फसेको थियो । गाडीमा करिव ३५/४० जना यात्रुहरु सवार रहेको जनाएको छ।

उनीहरुमध्ये २७ जनालाई सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म, पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद कार्कीको कमाण्ड तथा सुरक्षा बेश चोरमारा र सर्दिबाट खटिएको सुरक्षा फौजले क्रेन र डोजको सहायताले सकुल उद्धार गरेको हो । बसमा सवार अन्य यात्रुहरु भने बस  फस्ना साथ  बाहिर निस्किएका थिए । उद्वार गरिएका सबै यात्रुको अवस्था भने सामान्य रहेको छ । उद्धार कार्य एकछिन ढिला भएको भए मानविय क्षती हुने सम्भावना रहेको शसस्ञ प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*