आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह

हेटौंडा टुडे
२०८२ असार १५, आईतवार १०:४९ गते

हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ ।  जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा ती जिल्लाहरूमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको हो। जोखिममा परेका जिल्लाहरूमा सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ रहेका छन्। यस्तै, अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा प्युठान, डोटी, बागलुङ र कैलालीका केही स्थानमा भारी वर्षा भएको छ। हाल देशभर आकाश बदली छ र कतिपय स्थानहरूमा वर्षा भइरहेको छ।असार १६ गते सोमबार बिहानसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। साथै अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा पनि भारी वर्षा हुने सम्भावना छ।प्राधिकरणले नदीको सतह बढ्न सक्ने, भू–स्खलन र बाढीको जोखिम उच्च हुने भन्दै प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*