भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

हेटौंडा टुडे
२०८२ श्रावण ९, शुक्रबार ११:३८ गते

हेटौंडा ।  घरायसी विवादका क्रममा झगडा छुट्याउन जाँदा भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको छ । सिरहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको  हो ।

घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गरेका हुन् । छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि आरोपी श्याम फरार छन् र उनको खोजी भइरहेको बताइएको छ ।

शव परीक्षणका लागि अस्पतालमा राखिएको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*