डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय

हेटौंडा टुडे
२०८२ भाद्र ३०, सोमबार १५:११ गते

 हेटौंडा । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका छन् ।  ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले पहिलो निर्णय नै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका हुन्।

शपथ ग्रहणपश्चात त्रिवि शिक्षण अस्पतालमा आन्दोलनका मृतकका आफन्तलाई भेटेर मात्रै मन्त्री घिसिङ सिंहदरबार पुगेका थिए। कुलमान प्राधिकरणको कार्यकारी निर्देशक रहँदा सरकारले बक्यौता रकम उठाउन दिएको थिएन । आज आएर उनले पहिलो निर्णय नै बक्यौता उठाउने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*