हेटौंडा। नारायणगढ–मुग्लिङ सडकखण्डमा निरन्तर पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ । गत शुक्रबार इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोलामा पहिरो जाँदा बन्द भएको बाटो अहिलेसम्म पनि खुलेको छैन । शनिबार दिनभर पहिरो हटाउन सडक डिभिजन कार्यालय भरतपुरबाट मुग्लिन तर्फ २ ओटा लोडर र एउटा एक्साभेटर, नारायणगढ तर्फ एक एक ओटा लोडर र एक्साभेटर प्रयोग गरेपनि पहिरो नरोक्किदा बाटो खुलाउन सम्भव नभएको प्रहरीले जनाएको छ । सडक खण्डमा सयौ सवारी जाममा परेका छन्।
पहिरो लगातार खसिरहेकोले काम रोकिएको बताएको छ । सडक डिभिजन कार्यालय, भरतपुरका सूचना अधिकारी ईञ्जिनियर कृष्णप्रसाद आचार्यले आज अपरान्हसम्म पहिरो हटाएर सडक सुचारु गर्ने बताए । केहीबेरयता पहिरो खसिरहेकाले काम रोक्नुपरेको उनको भनाइ छ । पहिरो गएको गएइ हुदा पहिरो रोकिनेबित्तिकै काम थाल्ने बताएका छन। आज दिँउसो २–३ बजेसम्म सडक खुल्ने पनि सम्भावना रहेको उनले बताए।
पहिरोका कारण सवारी आवागमन बन्द भएपछि डिभिजनले वैकल्पिक रुटबाट यात्रा गर्न आग्रह गरेको छ ।
साना गाडीहरु दुई वटा वैकल्पिक रुटमार्फत काठमाडौं भित्रिरहँदा यात्रुवाहक र मालवाहक सवारी ३६ घण्टादेखि जाममा छ । जिल्ला प्रशासन कार्यालय, चितवन र जिल्ला प्रहरी कार्यालयले सडकमा अलपत्र परेका चालक र यात्रुलाई खाना बाँड्न थालेको छ ।

















