राष्ट्र बैंकले गर्‍यो सुन आयात कोटा वृद्धि, अब दैनिक २५ किलाे ल्याउन पाइने

हेटौंडा टुडे
२०८२ आश्विन २४, शुक्रबार १३:२६ गते

हेटौंडा । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक सीमा बढाएको छ । शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र  संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाएको हो। त्यस्तै,विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) को भुक्तानी सीमामा पनि परिवर्तन गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले  जारी गरेको नयाँ परिपत्रअनुसार यी व्यवस्था लागू हुने छ।

नयाँ व्यवस्थाअनुसार, सुन आयातको दैनिक सीमा हालको २० किलोग्रामबाट बढाएर २५ किलोग्राम पुर्‍याइएको छ।

त्यसैगरी, विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) सम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ। अब नेपाली वा विदेशी नागरिक तथा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका विभिन्न प्रयोजनका लागि विदेशबाट प्राप्त हुने र फिर्ता गर्नु नपर्ने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्दा दैनिक २५ लाख रुपैयाँसम्म (एकपटक वा पटकपटक) भुक्तानी गर्न सकिनेछ।

पहिले यो सीमा २० लाख रुपैयाँ रहेको थियो। यसरी रकम सङ्कलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिनुपर्नेछ।

नेपाल भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा मासिक रूपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्नेछ।

111

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*