एक सातामा देश भर ५६ जनामा डेंगु संक्रमण पुष्टि

हेटौंडा टुडे
२०८२ मंसिर १८, बिहीबार १३:४२ गते

हेटौंडा । नेपालको विभिन्न स्थानमा अझै पनि डेंगुका बिरामी फेला परिरहेका छन्। एक सातामा मात्रै देश भर ५६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

सात वटै प्रदेशमा गरी ५६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। यो सँगै नोभेम्बर ३० सम्म देशभर डेंगु संक्रमित हुनेको संख्या ८ हजार १०९ पुगेको छ। महाशाखाले साप्ताहिक रुपमा डेंगु संक्रमितको संख्या राख्दै आएको छ।

गत साता मात्रै कोशी प्रदेशमा ६, मधेशमा ३, बागमतिमा १८, गण्डकीमा ७, लुम्बिनीमा ९, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा ११ जना डेंगु संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ। यसवर्षको हालसम्म संक्रमितको कुल संख्या कोशीमा १ हजा २७, मधेशमा २०४, बागमतिमा २ हजार १०४, लुम्बिनीमा १ हजार ३२७, कर्णालीमा ५२६ र सुदूरपश्चिम प्रदेशमा ८५९ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*