सरकारले पत्रकार सुरेश रजकलाई गर्‍यो सहिद घोषणा

हेटौंडा टुडे
२०८२ मंसिर २३, मंगलवार १०:४८ गते

हेटौंडा । सरकारले २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको छ ।  सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ भने जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

सरकारले पत्रकार रजककी पत्नीलाई रोजगारीसमेत दिने निर्णय गरिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*